आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विभूषणबाट लिम्पियाधुरा कसरी गायब भयो ? सरकारको यस्तो जवाफ 

विभूषणबाट लिम्पियाधुरा कसरी गायब भयो ? सरकारको यस्तो जवाफ 

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 4.6K
    SHARES

  • विभूषणबाट लिम्पियाधुरा कसरी गायब भयो ? सरकारको यस्तो जवाफ 

    काठमाडौं – हालै राष्ट्रपतिबाट वितरण भएको विभूषणमा अंकित नेपालको नक्सामा लिम्पियाधुरा नदेखिएपछि बहस भइरहेको बेला सरकारले जवाफ दिएको छ ।

    गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि नै घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषण मात्रै यसपटक सुशोभन गरिएको जवाफ दिएको छ ।

    सुशोभन भएको विभूषणमा अंकित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित भएको गृह मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई विक्रम संवत् २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ गते वितरण हुन सम्भव नभएकाले हालै सुशोभन भएको मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ ।

    नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोही बमोजिमको नक्सा अंकित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend