आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री बिनाको गृह मन्त्रालयमा आकस्मिक बैठक बस्यो, देशभर यस्तो कडा निर्देशन

मन्त्री बिनाको गृह मन्त्रालयमा आकस्मिक बैठक बस्यो, देशभर यस्तो कडा निर्देशन

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 8.8K
    SHARES

  • मन्त्री बिनाको गृह मन्त्रालयमा आकस्मिक बैठक बस्यो, देशभर यस्तो कडा निर्देशन

    काठमाडौं – देशमा राजनीतिक तनाव उत्पन्न भएका बेला गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

    कोरोना भाइरस संक्रमणको महामारीसँगै सरकारले निषेधाज्ञा लगाएका बेला राजनीतिक आन्दोलन, सभासमारोह र भेला हुनसक्नेतर्फ सचेत रहँदै मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन देशभरका सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

    गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई डाँकेर निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न नदिन कडा निर्देशन दिए ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई सर्वाेच्च अदालतले पदमुक्त गरिदिएपछि गृह मन्त्रालय मन्त्रीविहीन बनेको छ ।

    सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानून अनुसार कारबाही गर्न पनि गृह मन्त्रालयले निर्देशन जारी गरेको छ ।

    प्रतिनिधिसभा संसदको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्न कडा निर्देशन दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुख सहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समीक्षा भएको र कडा बनाउनेबारे थप निर्देशन दिइएको जानकारी दिए ।

    बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र ३ वटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend