काठमाडौं – कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेपछि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ ।
सोमवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाइ गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमा कडाइ गरिनुपर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने, अनावश्यक भीडभाड बन्द गराउनुपर्ने लगायतका निर्देशन दिइएको प्रवक्ता बुढाले बताएका छन् ।
क्वारेन्टीनदेखि आइसोलेसनसम्म तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषय निर्देशनको बुँदामा समावेश गरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।