काठमाडौं - काठमाडौं महानगरपालिकाका १७ वटा हलमा हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर बालेन्द्र साह बालेनको चेतावनी २४ घन्टा पनि टिक्न सकेन ।
उच्च अदालत पाटनले महानगरको नाममा अन्तरिम आदेश जारी गरेलगत्तै तत्काल कुनै पनि हिन्दी फिल्मको प्रदर्शन नरोक्न दिएको आदेशविरुद्ध बालेनले अदालतको आदेश पालना नगर्ने चुनौती दिँदै हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।
बालेनको उक्त चेतावनीपछि हल सञ्चालकहरूसमेत हिन्दी फिल्म चलाउन हच्किएका थिए । बालेनले महानगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने र त्यसका लागि जस्तोसुकै सजाय भोग्न तयार रहेको अडान लिएका थिए।
अदालतको आदेशलगत्तै बालेनले प्रत्येक सिनेमा हलमा १०–१० जना नगर प्रहरी पठाएका थिए । चलचित्र संघले बिहीबार नै शुक्रबारदेखि हिन्दी फिल्म चलाउने निर्णय गरेका थिए ।
बालेनका नगर प्रहरीले रोक्न सक्ने भय उनीहरूमा थियो । तर शुक्रबार बिहान बालेनले सबै नगर प्रहरीलाई फिर्ता बोलाएका छन् । अहिले काठमाडौं महानगरका सबै हलमा हिन्दी फिल्म चल्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।