आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बालाजुको भव्य बंगलामा रास्वपाको केन्द्रीय कार्यालय, मासिक साढे तीन लाख भाडा

बालाजुको भव्य बंगलामा रास्वपाको केन्द्रीय कार्यालय, मासिक साढे तीन लाख भाडा

  • मिडिया डबली
  • बुधवार, आषाढ ६ २०८०

  • 11.9K
    SHARES

  • बालाजुको भव्य बंगलामा रास्वपाको केन्द्रीय कार्यालय, मासिक साढे तीन लाख भाडा

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रातृसंगठन नबनाउने निर्णय गरेको छ । उसले अन्य पार्टीको जस्तो खर्च हुने गरी कार्यकर्ता पनि नपाल्ने भएको छ ।

    चर्को चर्को नारा दिएर अन्य पार्टी र तठस्थ मत लिएर लोकप्रियता कमाउने उसको नीति छ । त्यसैले रास्वपाले एक वर्षअघि पार्टी स्थापना हुँदा बसुन्धारामा साँघुरो किसिमको घर भाडामा लिएको थियो ।

    जहाँ जस्तापाताले छाएको हलमा रास्वपाले पत्रकार सम्मेलन गथ्र्यो । संसदीय दल र केन्द्रीय समितिको बैठक बस्थ्यो । तर यो एक वर्षमा रास्वपाले ठूलो छलाङ मारेको छ । उसँग अहिले २१ प्रतिनिधिसभा सदस्य छन् ।

    त्यसैले अब उसलाई ठूलो भवन र फराकिलो भएको पार्टी कार्यालय आवश्यक देखियो । सोही कारण रास्वपाले बालाजुमा भव्य र आकर्षक पाँच तले भवन भाडामा लिएर बिहीबारदेखि केन्द्रीय कार्यालय त्यहाँ सार्दैछ ।

    उसको पार्टी कार्यालय भवन अन्य दलको भन्दा भव्य देखिएको छ । रास्वपाको पार्टी कार्यालय भवन कांग्रेस, एमाले, माओवादीको भन्दा पनि भव्य रहेको छ ।

    रास्वपाले पार्टीको झन्डाकै रंग कार्यालयमा पनि लगाएको छ । बालाजुमा रहेको डा. भरतमणि देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक तीन लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।

    यसका आधारमा रास्वपाले वर्षको ४२ लाख रुपैयाँ घरभाडा मात्रै तिर्नुपर्ने हुनछ । मुकुल प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताए।

    उनका अनुसार अब सर्न लागिएको पाँच तले भवनमा केन्द्रीय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा बिहीबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजनासमेत गर्न लागेको छ। रास्वपाले सदस्यता वितरणबाट मात्रै २० करोड आम्दानी गरेको छ ।

    उसले हालसम्म दुई लाख सदस्यता पुगेको जनाएको छ । एक हजारको दरले दुई लाख सदस्यबाट २० करोड जम्मा हुन्छ । त्यसैले रास्वपा अबको केही समयमै देशकै सबैभन्दा धनी पार्टीमा रुपान्तरित हुने निश्चित छ ।

    किनभने पार्टीका कार्यालय जिल्ला र प्रदेशमा नराख्ने भएकाले उसको खर्च खासै हुँदैन । सदस्यता वितरणबाट आएको पैसा सबै बचत हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०८:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend