काठमाडौं - समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।
जसकारण समाजेवादी मोर्चाको घोषणा कार्यक्रममा उनी सहभागी नहुने बताइएको छ । माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा सभा सोमबार अपराह्न ४ बजे राखिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिबद्धता पत्रलाई अन्तिम रूप दिन चार दलका नेताहरूको बैठकमा नेता खनालले मोर्चाको प्रधान शत्रु को हो ? भनेर प्रश्न गरेका थिए ।
नेताहरुले अहिले मोर्चाको उद्देश्यहरू तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए । तर खनालले प्रधान शत्रु नतोकी मोर्चामा नबस्ने बताएर हिँडेका थिए ।
‘म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिँड्नु भएको हो’, एक नेताले सुनाए । खनालले भ्याए जाने, नभए घोषणा कार्यक्रममा नजाने जानकारी दिएका छन् ।
पछिल्लो समय खनाल माधव नेपालसँग सन्तुष्ट छैनन् । खनालले एमाले अध्यक्ष केपी ओलीसँग हिमचिम बढाइरहेका छन् ।
एमालेले ७० वर्षे उमेरहद प्रावधान खारेज गरेकाले खनाल सो पार्टीमा फर्किन सक्ने सूत्रले बताएको छ । एकीकृत समाजवादीका बहुमत सांसद अहिले खनालतिर छन् । उनीहरूले एमालेका नेताहरूसँग बसउठ गरिरहेको थाहा पाएपछि माधव नेपाल भाउन्न भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।