बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नागरिकता विधेयकका पक्षमा विश्वव्यापी लबिइङ गर्दै कीर्तिमानी आरोही निर्मल पूर्जा

नागरिकता विधेयकका पक्षमा विश्वव्यापी लबिइङ गर्दै कीर्तिमानी आरोही निर्मल पूर्जा

  • मिडिया डबली
  • सोमवार, आषाढ ४ २०८०

  • 1.9K
    SHARES

  • नागरिकता विधेयकका पक्षमा विश्वव्यापी लबिइङ गर्दै कीर्तिमानी आरोही निर्मल पूर्जा

    काठमाडौं- कीर्तिमानी पर्वत आरोही निर्मल पुर्जाले सरकारले हालै जारी गरेको नागरिकता विधेयकको पक्षमा वकालत गरेका छन् ।

    उनले सामाजिक संजाल ट्वीटर मार्फत अभियान नै चलाएर नागरिकता विधेयकको पक्षमा उभिन र यसलाई पारित गराउन आग्रह गरेका हुन् । “नेपाल सरकारले गैरआवासीय नेपालीलाई कानुनी नागरिकता दिने नयाँ नागरिकता विधेयक ल्याएको थियो ।

    गैरआवासीय नेपालीलाई पूर्ण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू अभ्यास गर्न अनुमति दिने यस कानुनमाथि सर्वोच अदालतले अन्तरिम आदेश जारी गरेको छ,” उनले भनेका छन्, “यो नयाँ विधेयकले अहिले र भविष्यमा नेपालको अर्थतन्त्रलाई बढावा दिनेछ । एनआरएनको लगानीमार्फत मुलुकमा लगानी वृद्धि तथा पर्यटनको वृद्धि हुनेछ र उच्च दक्ष रोजगारी सिर्जना गर्दै देशमा समृद्धि आउनेछ।” भूतपूर्व गुर्खा सैनिक पुर्जाले सबैभन्दा छोटो अवधि अर्थात् १९० दिनमा सबै ८,००० मिटर अग्ला हिमालहरू आरोहण गरेर पर्वतारोहणमा इतिहास रचेका थिए जसकारण उनी संसारभर प्रसिद्ध बनेका छन् ।

    सामाजीक संजाल मार्फत अभियान चलाउदै गर्दा उनले भनेका छन् “यो मेरो बारेमा होइन, यो सकारात्मक परिवर्तन सिर्जना गर्न मेरो आवाज प्रयोग गर्ने बारे हो । म भाग्यमानी छु कि अवसर नपाएका मानिसहरूको तर्फबाट आवाज राखिदिन म सँग यो प्लेटफर्म छ ।”

    त्यस्तै पुर्जाले सर्वोच्च अदालतलाई नेपाल सरकारसँग मिलेर विदेशमा र नेपालमा रहेका नेपालीको जीवन राम्रो बनाउन आग्रह गरेका छन् ।

    “सँगै मिलेर काम गरेर लगानी, दक्ष रोजगारीका अवसर, कूटनीतिक, शैक्षिक र वित्तीय अवसरहरू थप गर्न सकिन्छ,” उनले भनेका छन्। स्वदेशमा पैसा पठाउने गोरखाली लगायत विदेशमा बस्ने नेपालीहरूका लागि नागरिकता विधेयक खुसीको खबर भएको बताउदै यस कानुनलाई कार्यनयनमा ल्याउन पुर्जाले सबैलाई आग्रह गरेका छन्।

    हाल नेपालको कुल गार्हस्थ उत्पादनको ३०५ एनआरएनहरूले पठाउने रेमिटेन्स बाट आउने र नेपालमा बस्ने ५०५ले विदेशमा रहेका आफन्तहरूबाट पैसा प्राप्त गर्छन् जस्ता तथ्य प्रस्तुत गर्दै सरकारले कानुन मार्फत गैरआवासीय नेपालीहरुको आवाज सुन्न भनेका छन्।

    “विश्वभर रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिनुले स्वदेशमा आउने पैसा र लगानीमा बृद्धि हुनुका साथै स्वदेशमा रहेका नेपालीको जीवनस्तरमा सुधार आउनेछ ।त्यसैले म नेपाल सरकारको नयाँ विधेयकका फाइदाहरू पहिचान गरी त्यसविरुद्धको अन्तरिम आदेश खारेज गर्न सर्वोच्च अदालतलाई आग्रह गर्दछु,” उनले भनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ४ २०८०११:५८:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend