आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बागमती प्रदेशमा खेलकुद क्षेत्रलाई बजेटमा उपेक्षा गरेको भन्दै मीनकृष्ण महर्जनको आपत्ति

बागमती प्रदेशमा खेलकुद क्षेत्रलाई बजेटमा उपेक्षा गरेको भन्दै मीनकृष्ण महर्जनको आपत्ति

  • मिडिया डबली
  • सोमवार, आषाढ ४ २०८०

  • 1.7K
    SHARES

  • बागमती प्रदेशमा खेलकुद क्षेत्रलाई बजेटमा उपेक्षा गरेको भन्दै मीनकृष्ण महर्जनको आपत्ति

    काठमाडौं - नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

    बागमती प्रदेशसभामा उनले प्रदेश सरकारले ल्याएको बजेटमा खेलकुद क्षेत्रलाई पूरै उपेक्षा गरिएको भन्दै आपत्ति जनाए । सांसद महर्जनले कांग्रेसको समर्थनमा माओवादीको नेतृत्वमा सरकार भए पनि बजेटमा पूर्वाग्रह साँधिएको बताए ।

    ‘यस्तै पाराले सरकार चलाउँदै जाने, जुन पार्टीको समर्थनमा सरकार बनेको छ, त्यही पार्टीलाई पेल्दै जाने हो भने अर्को कदम चाल्न बाध्य हुनेछौं,’ उनले भने ।

    महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष, कराते खेलाडी र अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । बागमती प्रदेशमा खेलकुद मन्त्रालयको जिम्मेवारी माओवादी सांसद कुमारी मोक्तानले सम्हाल्दै आइरहेकी छन्।

    उनीसँग खेलकुद क्षेत्रबारे कुनै ज्ञान नभएकाले पनि बजेटमा प्राथमिकता नदिइएको बताइन्छ । यस विषयमा बागमती प्रदेश सांसदहरुले आफ्नो जिल्लामा आवश्यक खेल मैदान र कबर्डहल निर्माणको निम्ति बजेट पेस गर्दा पूर्वाग्रही राखी बजेट समावेश नगरेको बागमती प्रदेश सभा सदस्य विमल ठकुरीको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend