आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राखेप सदस्यसचिव घिसिङलाई हटाउन कांग्रेस सांसद मीनकृष्ण महर्जनको माग, दिए यस्तो कारण

राखेप सदस्यसचिव घिसिङलाई हटाउन कांग्रेस सांसद मीनकृष्ण महर्जनको माग, दिए यस्तो कारण

  • मिडिया डबली
  • बिहिवार, जेठ ३२ २०८०

  • 7.2K
    SHARES

  • राखेप सदस्यसचिव घिसिङलाई हटाउन कांग्रेस सांसद मीनकृष्ण महर्जनको माग, दिए यस्तो कारण

    काठमाडौं - नेपाली कांग्रेसका नेता मिनकृष्ण महर्जनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले खेल क्षेत्रलाई राजनीतिकरण गरेकाले उनलाई हटाउनुपर्ने माग गरेका छन् ।

    कांग्रेस बागमती प्रदेशसभा सदस्य, राखेपका पूर्वकोषाध्यक्ष, अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका महर्जनले घिसिङलाई तत्काल खेलकुदमन्त्रीले हटाउनुपर्ने बताएका छन् ।

    अहिले खेलकुदमन्त्री कांग्रेस नेता डिगबहादुर लिम्बू छन् । हालै आयोजित एक खेलकुद कार्यक्रममा नेता महर्जनले सदस्यसचिव घिसिङले पूर्वाग्रह राखी कांग्रेससँग आवद्ध कर्मचारीहरुलाई अन्यत्र सरुवा गरेर पेल्ने, माओवादी निकटलाई राम्रो ठाउँमा सरुवा गर्ने गरेको बताए।

    घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हादिल गर्ने राष्ट्रिय संघ विघटन गरी आफ्नो अनुकूलको नेतृत्वमा ल्याई खेलाडीहरुबीचमा फाटो ल्याउने गरेको उनको आरोप छ। तेक्वान्दो संघ विघटन गरेर घिसिङले राखेपमा गाईजात्रा देखाएको बताए ।

    तेक्वान्दो संघ विघटन गर्दा घिसिङले सर्वोच्च अदालतमा मुद्दासमेत खप्नु परेको थियो। केही महिनापछि चीनको ह्वान्जाउमा हुन लागेको एसियन गेमका लागि अहिलेसम्म केही तयारीसमेत नगरेको नेता महर्जनले आरोप लगाए। राखेप सदस्यसचिवसँग खेलकुदको ज्ञानको कमी रहेको समेत बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend