आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बजेटकाे विराेध नगरिदिन माधव नेपाललाई प्रचण्डकाे बिन्ती

बजेटकाे विराेध नगरिदिन माधव नेपाललाई प्रचण्डकाे बिन्ती

  • मिडिया डबली
  • सोमवार, जेठ २९ २०८०

  • 2.6K
    SHARES

  • बजेटकाे विराेध नगरिदिन माधव नेपाललाई प्रचण्डकाे बिन्ती

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

    सोमबार उनले बालुवाटार बोलाएर नेपालसँग छलफल गरेका हुन् । आइतबार संसद् बैठकपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले बजेटप्रति तीव्र असन्तुष्टि मात्रै जनाएनन्, प्रचण्ड सरकार ढल्ने घोषणा नै गरिदिए ।

    बालुवाटारमा प्रचण्डले भनेका थिए, ‘एकीकृत समाजवादी सत्ता साझेदार दल हो । मूलतः सरकारमा बसेपछि बजेटको विरोध गर्नु भएन । अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आयो त्यो राम्रै आएको छ । यसमा सबै सहयोग गरेर जानुपर्छ ।’

    आर्थिक संकट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले प्रस्ट पारेका थिए । ‘हामीलाई धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा थियो । आर्थिक स्थितिका बारेमा तपाईँहरू आफैँ जानकार हुनुहुन्छ,’ एकीकृत समाजवादीका एक सांसदले भने, ‘यो बेला सहयोग गरेर जानुपर्नेमा उल्टै विरोध गरे विरोधीलाई बल पुग्नेबाहेक केही हुँदैन ।’

    बजेटलाई लिएर सत्ता गठबन्धनको एउटा दल एकीकृत समाजवादी असन्तुुष्ट छ । त्यही भएर नेपालले घुमाउरो शैलीमा चेतावनीसहित भनिसकेका छन्, ‘यही पारामा जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि भन्ने डर लाग्छ ।’

    सडक निर्माणका लागि विनियोजित बजेटमध्ये झण्डै आधा बजेट प्रधानमन्त्री प्रचण्डले गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटमा केन्द्रित गरेपछि सत्ता गठबन्धनकै एउटा दल एकीकृत समाजवादी रुष्ट बनेको हो । उसले कुनै पनि हालतमा बजेट पास हुन नदिने घोषणा गरिसकेको छ ।

    यसअघि २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार आफ्नै दल कांग्रेसका ३६ जना सांसद अनुुपस्थिति रहेपछि नीति तथा कार्यक्रम पारित गर्न नसक्दा ढलेको इतिहास छ।

    त्यसैले अहिले प्रचण्डले पनि एकीकृत समाजवादीलाई बजेटकाे विराेध नगर्न भनेका हुन् । प्रचण्ड सरकारलाई माओवादीको ३२, कांग्रेसको ८८, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ५, लोसपा ४ र नागरिक उन्मुक्तिको ४ सिट गरी १५५ सिटको समर्थन छ ।

    स्पष्ट बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । यदि माधव नेपालले समर्थन फिर्ता लिए पनि प्रचण्ड सरकारलाई १४५ सिटको समर्थन कायमै रहन्छ । बजेटकै विषयले सरकार ढल्ने अवस्था भने छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend