सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोसीमा एमालेले अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेपछि कांग्रेस र माओवादी आगो

कोसीमा एमालेले अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेपछि कांग्रेस र माओवादी आगो

  • मिडिया डबली
  • शुक्रवार, जेठ २६ २०८०

  • 2.2K
    SHARES

  • कोसीमा एमालेले अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेपछि कांग्रेस र माओवादी आगो

    काठमाडौं - कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा परेका हुन् । कांग्रेस र माओवादीले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै आएका छन् ।

    तर अल्पमतमा परेको एमाले नेतृत्वको सरकारले प्रदेश संसद्लाई छलेर अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरेको छ । मुख्य प्रतिपक्षी दल कांग्रेस र तीन दिनअघि मात्र सरकारबाट बाहिरिएको माओवादीले अध्यादेशमार्फत बजेट ल्याएमा गैरसंवैधानिक हुने र त्यो आफूहरूलाई मान्य नहुने चेतावनी दिएको छ । कांग्रेस संसदीय दलले अल्पमतमा परेकाले मुख्यमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ ।

    माओवादीले भने पहिले संसदबाट विश्वासको मत लिएर मात्र बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै एमाले सरकारले जेठ २४ मा प्रस्तुत गर्ने भनेको आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत नै हुन सकेन ।

    तर, सरकार संसद्को बर्खे अधिवेशन अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा लागेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले जनताको आवाज बोल्ने संस्थालाई बन्धक बनाएर अल्पमतको सरकारले अध्यादेशमार्फत बजेट ल्याए गलत हुने बताएका छन्।

    संवैधानिक प्रक्रियाअनुसार अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गर्न प्रदेश सभाको अधिवेशन अन्त्य गराउनुपर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २२ २०८११०:४५:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend