सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अर्काे अध्यादेश ल्याउने तयारीमा सरकार, छिट्टै मन्त्रिपरिषद्मा पेश गरिने

अर्काे अध्यादेश ल्याउने तयारीमा सरकार, छिट्टै मन्त्रिपरिषद्मा पेश गरिने

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 6.6K
    SHARES

  • अर्काे अध्यादेश ल्याउने तयारीमा सरकार, छिट्टै मन्त्रिपरिषद्मा पेश गरिने

    काठमाडौं – सरकारले अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ ।

    कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो ।

    अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरू गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा पेश गरिने भएको छ ।

    मन्त्रालयको प्रशासन महाशाखा प्रमुुख एवं सहसचिव राजीव पोखरेलले भने, ‘अध्यादेशबाटै भए पनि संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने महसूस गरिएको छ । यसका लागि मन्त्रालयले आवश्यक तयारी पनि गरिरहेको छ ।’

    प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको समेत छाता ऐनका रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा संघीयता कार्यान्वयनमा समस्या देखिएकाले अध्यादेशबाटै भए पनि ऐन जारी गर्ने योजना बनाइएको हो ।

    विघटित प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको संघीय निजामती सेवा विधेयकमा अध्यादेशबाट जारी गर्दा कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाइने भएको छ । विचाराधीन विधेयकमा कर्मचारीको अवकाश उमेर हद चरणबद्ध रुपमा ६० वर्ष नै बनाउने प्रस्ताव छ ।

    हाल निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष छ । ६० वर्षे लागू हुँदा सचिव बढुवाको सूचीमा रहेका सहसचिवलाई भने बेफाइदा हुनेछ । उनीहरूको बढुवा पर धकेलिने जनाइएको छ ।

    निजामती सेवामा कार्यरत कर्मचारी अहिले प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाटै भएपनि छिटो ऐन जारी हुनुपर्ने पक्षमा उभिएका छन् । समयमा ऐन आउन नसक्दा कर्मचारीको योग्यता, दक्षता र वृत्ति विकास, अवकाशपछि पाउने सेवा, सुविधा तथा निवृत्तिभरणमा अन्योल देखिएको कर्मचारीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend