बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

तीनजना मिलेर मेडिसिटी अस्पतालको साढे दुई करोड भुसुक्कै

तीनजना मिलेर मेडिसिटी अस्पतालको साढे दुई करोड भुसुक्कै

  • मिडिया डबली
  • बुधवार, जेठ २४ २०८०

  • 11.8K
    SHARES

  • तीनजना मिलेर मेडिसिटी अस्पतालको साढे दुई करोड भुसुक्कै

    काठमाडौं - मेडिसिटी अस्पतालमा काम गर्ने तीन पूर्वकर्मचारीले दुई करोड ६३ लाख ठगी गरेको खुलेको छ ।

    अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने उनीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क देखाई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ ठगी गरेको खुलेको हो ।

    अस्पतालको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका– ४ घर भई भक्तपुर ठिमी बस्ने राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने वर्ष सनम देशार र काठमाडौं महानगरपालिका– ४ वालुवाटार बस्ने आशिष अर्याल छन् ।

    उनीहरुलाई आपराधिक लाभ तथा आपराधिक विश्वापसघातसम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २४ २०८०११:४६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend