आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

कांग्रेस नेता खतिवडाले संसदमै खोलिदिए रामकृष्ण श्रेष्ठलाई अघिल्लो अर्थमन्त्रीले नियुक्त गरेको रहस्य (पत्रसहित)

कांग्रेस नेता खतिवडाले संसदमै खोलिदिए रामकृष्ण श्रेष्ठलाई अघिल्लो अर्थमन्त्रीले नियुक्त गरेको रहस्य (पत्रसहित)

  • मिडिया डबली
  • मंगलवार, जेठ २३ २०८०

  • 9.0K
    SHARES

  • कांग्रेस नेता खतिवडाले संसदमै खोलिदिए रामकृष्ण श्रेष्ठलाई अघिल्लो अर्थमन्त्रीले नियुक्त गरेको रहस्य (पत्रसहित)

    काठमाडौं - करको दर हेरफेरमा अनधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएको भन्ने विषयले अहिले चर्चा पाएको छ ।

    यो विषयमा एमाले, रास्वपा, राप्रपाले सदन नै अवरोध गरेपछि मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतले सदनमा जवाफ दिएका थिए ।

    अर्थमन्त्री महतले पूर्वनासु श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको जानकारी गराएका थिए । महत चैत १७ गते अर्थमन्त्री नियुक्त भएका हुन् ।

    उनी अर्थमन्त्री नियुक्त हुनुअघि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालेका थिए । श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको कागज प्राप्त भएको छ । एमाले फागुन १५ गते सरकारबाट बाहिरिएको थियो ।

    एमाले सरकारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री प्रचण्डले नै अर्थ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए । तर अहिले अर्थमन्त्री महतमाथि करको दर हेरफेरमा श्रेष्ठलाई समावेश गरिएको भन्दै उनको आलोचना भइरहेको छ ।

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर सदनमा प्रश्न उठाएका छन् ।सो प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अघिल्लो अर्थमन्त्रीकै पालामा श्रेष्ठलाई नियुक्ति दिइएको जानकारी दिए ।

    ‘रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ । त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले भने, ‘दुई वर्षअघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ?’ खतिवडाले फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिनेगरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको त्यसबारे अर्थमन्त्रीलाई जवाफ दिन माग गरेका थिए ।

    ‘आर्थिक विधेयक तर्जुमा गर्ने व्यवस्था छ । यिनै पदाधिकारी बसेर हामीले करको दर हेरफेर गरेका थियौं । राजस्व परामर्श समितिले दिएका सुझाव प्रतिवेदनका आधारमा काम गरेका छौं ।राजस्व सचिव र अर्थसचिवले प्रमाणित गर्ने व्यवस्था छ । जेठ १४ गते राति प्रमाणीकरण गरेपछि १५ गते बिहान छपाएर आउँछ । फोन अफ गरेर काम गरेका थियौं । निर्णय भइसकेपछि टाइप गर्न, इन्ट्री गर्न सहयोगी चाहिन्छ । म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भएर आउनुभएको रहेछ,’ महतले मंगलबार संसदमा सम्बोधन गर्दै भने, ‘३० वर्षदेखि यसमा उहाँले काम गर्नुहुँदो रहेछ ।आधिकारिक करको दर हेरफेरमा उहाँले आदेशप्राप्त कर्मचारीले भनेर गर्नुहुने रहेछ । पहिलेका अर्थमन्त्रीले नियुक्ति हुनुभएको रहेछ । कर्मचारीको सहयोगीको भूमिकामा उहाँले काम गर्नुभएको रहेछ ।’

    latter.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend