आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चापागाउँलाई सुन्दर बनाउन उदय, मीनकृष्ण र गजेन्द्र दिनरात खट्दै

चापागाउँलाई सुन्दर बनाउन उदय, मीनकृष्ण र गजेन्द्र दिनरात खट्दै

  • मिडिया डबली
  • मंगलवार, जेठ २३ २०८०

  • 14.6K
    SHARES

  • चापागाउँलाई सुन्दर बनाउन उदय, मीनकृष्ण र गजेन्द्र दिनरात खट्दै

    काठमाडौं - चापागाउँलाई दक्षिण ललितपुरको मुख्य व्यापारिक केन्द्र मानिन्छ । तर काठमाडौं–हेटौंडा जाने कान्ति लोकपथका कारण पनि चापागाउँ चर्चाको केन्द्रमै रहेको छ ।

    साँघुरो ठाउँ भएकाले सडकका दुवैपट्टि धेरै जमिन छैन । जसकारण चापागाउँले राम्रोसँग विकास गर्न पाएको थिएन ।

    तर अहिले चापागाउँको मुहार फेर्न संघीय सांसद उदयशमशेर राणा, प्रदेश सांसद मीनकृष्ण महर्जन र गोदावरी नगरपाकिाका प्रमुख गजेन्द्र महर्जन अहोरात्र खटिएका छन् ।

    तीनैजना नेपाली कांग्रेसका चर्चित युवा नेता हुन् । अहिले चापागाउँको मूल सडक धमाधम पिच भइरहेको छ । गोदावरी नगरपालिकाको प्रशासनिक भवन बज्रबाराहीमा निर्माण भएकाले पनि चापागाउँका सडक धमाधम पिच गर्ने काम भइरहेको छ ।

    त्यति मात्र होइन, चापागाउँ र छम्पी जोड्ने मोटरेवल बाटो पनि बनिसकेको छ । ललितपुर १ को गोदावरी नगरपालिका–१० टाहाखेल र वडा नम्बर ११ चापागाउँको ढलान र कालोपत्र भइरहेको छ ।

    बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको विशेष पहलमा चापागाउँको बजार एरिया ढलान भएको भएको थियो।

    अहिले प्रतिनिधि सभा सदस्य उदयशमशेर राणा, प्रदेश सभा सदस्य मीनकृष्ण र मेयर गजेन्द्र महर्जनको विशेष पहलमा चापागाउँ, टाहाखेलको धमाधम कालोपत्र भइरहेको छ।

    साथै, सातदोबाटो हुँदै ललितपुरको सिमाना बागमती नदीसम्म सडक विस्तार र पिचको काम सकिनै लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend