आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुर्गा प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्का गर्न माग

दुर्गा प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्का गर्न माग

  • मिडिया डबली
  • शुक्रवार, जेठ १२ २०८०

  • 7.5K
    SHARES

  • दुर्गा प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्का गर्न माग

    काठमाडौं - मेडिकल माफिया दुर्गा प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

    उनले बी एन्ड सी मेडिकल कलेजका लागि किनेको मेडिकल सामग्रीको रकम तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका छन्।

    प्रसाईंका बी एन्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो।

    १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ सावा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्।

    कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्ताले अदालत गुहारेका हुन् । प्रसाईंसँगै बी एन्ड सीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुजजं रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

    बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि संकटमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो।

    स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका छन्।

    सम्पूर्ण मुद्दा औषधी, मेडिकल सामानहरू, सौन्दर्य प्रवर्धक सामान र सरसफाइका सामानहरूको भुक्तानीसँग सम्बन्धित छन्।

    आपूर्तिकर्ताले पाँच प्रतिवादीको सम्पत्ति रोक्काको माग पनि गरेको छ। विभिन्न स्थानमा रहेको अचल सम्पत्ति रोक्का गरिदिन विवरण पनि मुद्दामा उल्लेख गरिएको छ।

    पाँच प्रतिवादीको तोकिएको जग्गा कारोबार रोक्काको माग पनि मुद्दामा गरिएको छ। स्रोतका अनुसार आफूविरुद्ध मुद्दा दायर हुन सक्ने बुझेपछि प्रसाईले एक महिनाअघि नै आफ्ना नाममा भएका सबै सम्पत्ति र सेयर अरुकै नाममा नामसारी गरिदिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३ २०७८०६:२०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend