काठमाडौं - जसपा अध्यक्ष उपेन्द्र यादव यसपटक सरकारमा गएनन् ।
उनले पार्टीबाट डा.वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण र प्रमिलाकुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाएका छन् । दुवैजनालाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले जसपाका दुई सांसदलाई मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यादव आइतबार मात्र संसदीय दलको नेता चुनिएका थिए । यसपटक उनी मन्त्री बन्ने धेरैको अनुमान थियो । तर उनले अरुलाई नै मन्त्री बनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।