आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणले एमाले उपाध्यक्ष बादलको पूरै परिवार खोरमा जाकिन सक्ने

शरणार्थी प्रकरणले एमाले उपाध्यक्ष बादलको पूरै परिवार खोरमा जाकिन सक्ने

  • मिडिया डबली
  • मंगलवार, जेठ ९ २०८०

  • 4.2K
    SHARES

  • शरणार्थी प्रकरणले एमाले उपाध्यक्ष बादलको पूरै परिवार खोरमा जाकिन सक्ने

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको पूरै परिवार अनुसन्धानमा तानिएका छन् ।

    बादल र उनकी पत्नी नैनकला थापाको हकमा तत्काल प्रमाण जुट्न नसकेको र प्रमाण भेटिएको वेला उनीहरूविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

    बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राईका छोरा नीरज र बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, उनीहरू दुवै फरार छन् ।

    प्रतीकले टंगालस्थित नीलगिरि थकाली रेस्टुरेन्टलाई अखडा बनाएर पैसा उठाएको पक्राउ परेका बिचौलियाको बयान छ । बादलपत्नी नैनकला थापालाई पनि मन्त्रीनिवासमै गएर पैसा बुझाएको उनीहरूको दाबी छ ।

    त्यस विषयमा ‘आमाले पैसा पाउनुभयो’ भनेर प्रतीकले एसएमएस नै पठाएको भन्नेसम्मको अनुसन्धानमा खुलेको छ । बादललाई पनि भेटेको, तर प्रत्यक्ष पैसा नदिएको र उनी आफूहरूसँग धेरै नबोलेको अभियुक्तहरूको बयान छ ।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो बयानमा बादलदेखि तत्कालीन गृह सचिव प्रेम राईसम्मलाई पोलेका छन्।

    ‘त्यसवेलाका गृहमन्त्री बादल, सुरक्षा सल्लाहकार इन्द्रजित राई अनि गृह सचिव प्रेम राई सबैलाई यसको जानकारी रहेको’ रायमाझीले बयान दिएकाले पनि उनको पूरै परिवार ढिलोचाँडो खोरमा जाकिन सक्ने देखिएको छ ।

    रायमाझीले पोलेकामध्ये इन्द्रजित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहेका प्रेम राई अनि बादल अझै अनुसन्धानमा तानिएका छैनन्।

    जबकि बादल गृहमन्त्री हुँदा कार्यदल बनाएर भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास गर्ने प्रयास सुरु भएको थियो । रायमाझीले भुटानी शरणार्थी समस्या समाधान गर्न प्रयत्न गरेको, तर नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा धेरै संलग्नता नभएको बयान दिँदै केही व्यक्तिसँग कुरा भएको, हेलिकोप्टर चढेको, होटेलमा बसेको स्वीकारेका छन्।

    रायमाझीको बयानले नक्कली भुटानी प्रकरणमा बादल र प्रेम राई सिधै अनुसन्धानमा तानिनुपर्ने देखिन्छ। तर प्रहरी अनुसन्धान उनीहरूबारे मौन छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ६ २०७८०२:०८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend