आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री बादलको हातमा पर्‍यो प्रचण्डको पत्र !

गृहमन्त्री बादलको हातमा पर्‍यो प्रचण्डको पत्र !

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 30.6K
    SHARES

  • गृहमन्त्री बादलको हातमा पर्‍यो प्रचण्डको पत्र !

    काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार पठाइएको पत्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्रीहरूको हातमा पुगेको छ ।

    माओवादी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरूलाई फिर्ता हुन निर्देशन दिँदै पत्र पठाउने निर्णय गरेको थियो ।

    प्रचण्डको निर्णय अनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर सिंहदरबार पुगेका नेताहरूले गृहमन्त्री बादलको हातमै पत्र बुझाएका छन् । 

    माओवादीको पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, शहरी विकास मन्त्री प्रभू साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वकीय सचिवालयमार्फत पत्र बुझेका माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

    सांसद नरहेका खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्न नमानेकाले हुलाकबाट पठाइएको छ । ‘मन्त्री लामाले चिठी बुझ्न मान्नुभएन । सचिवालयले पनि इन्कार गरेपछि नमानेपछि हुलाकमार्फत पठाइएको छ,’ ढकालले भनेका छन् ।

    फागुन २९ गते बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको थियो । निर्देशन अनुसारको पत्राचार गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएपछि आईतबार मन्त्रीहरूलाई पत्र लेखिएको केन्द्रीय कार्यालयका सचिव ढकालले बताएका छन् ।

    फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादलसहित माओवादी केन्द्रका २३ नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

    भोलिपल्ट फागुन २९ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटीे बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend