काठमाडौं – नेकपा माओवादी केन्द्रले कारवाही गरेर राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्तै अर्काे नियुक्ति दिएकी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा नेकपा एमालेका नेता बादल राष्ट्रपति भण्डारीबाट गृहमन्त्रीमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा ७८(१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट विक्रम संवत् २०७४ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा बाग्मती प्रदेशबाट निर्वाचित भएका थापाले दल त्याग गरेको जानकारी नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा गराएका छन् ।
दल त्याग गरेको भनेर राष्ट्रिय सभाले आईतवार सूचना जारी गरेपछि थापा पदमुक्त भएका छन् । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट समेत स्वतः मुक्त भएका थिए ।
तर थापा सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार पुनः मन्त्री भएका छन् । अब सांसद नरहे पनि थापा ६ महिनासम्म मन्त्री हुन पाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।