काठमाडौं - कम्युनिस्टहरू कतिसम्म ढोंगी हुन्छन् भन्ने पछिल्लो उदाहरण गृहमन्त्री रामबहादुर थापा बादल भएका छन् । हिजोसम्म सर्वहाराको मुक्तिका लागि भन्दै माओवादी जनयुद्ध गरेर हजारौं मानिसको हत्यामा संलग्न बादल अहिले हिन्दुधर्म र दक्षिणपन्थी भासमा भासिएका छन् ।
१० वर्षे जनयुद्धमा ‘प्रचण्डपथ’ मा हिँडेका बादल बुढ्यौली लागेसँगै ‘ओलीपथ’ मा यु टर्न भएका छन् । अर्थात् बादलमा ओलीको मण्डलेकरण देखिएको छ । अलि अगाडिसम्म उनी दौरासुरुवाललाई पुँजीपतिको वस्त्र भन्थे ।
टाइसुटमा हिँड्थे । तीन वर्षसम्म उनी त्यसरी नै हिँडे । तर, जब आइतबार माओवादी केन्द्रले उनको राष्ट्रिय सभा सदस्य खाइदियो, तब उनमा बुर्जुवा चरित्र देखापरेको छ ।
अहिले उनी एमाले नेता भएका छन् । एमाले नेता हुने अनि दौरासुरुवाल नलगाउने भन्ने छुट कहाँ छ र ? त्यसैले उनी आइतबार शीतल निवासमा पुनः गृहमन्त्रीको सपथ लिन पुग्दा दौरासुरुवाल र कालोटोपी लगाएर पुगेका थिए ।
बादलको यो बदलावलाई धेरैले प्रधानमन्त्री केपी ओलीको सिको ठानेका छन् । मान्छे आफ्नो स्वार्थका लागि कतिसम्म रंग फेर्छ भन्ने उदाहरण बादल बनेका छन् । अब उनले हिन्दुधर्मबारे प्रवचन दिएमा कसैले आश्चर्य नमाने हुने एमाले नेताहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।