आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री बादल बर्खास्त

गृहमन्त्री बादल बर्खास्त

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २७ २०७७

  • 13.5K
    SHARES

  • गृहमन्त्री बादल बर्खास्त

    काठमाडौं – नेकपा माओवादी केन्द्र पार्टी छाडेर नेकपा एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बर्खास्त भएका छन् ।

    माओवादी केन्द्रले पार्टी परित्याग गरेको आरोपमा थापालाई सांसद पदबाट बर्खास्त गरेको हो । यो निर्णय कार्यान्वयन भएसँगै थापा मन्त्री पदबाट समेत हट्ने भएका छन् ।

    थापासँगै नेता चन्द्रबहादुर खड्कालाई समेत सांसद पदबाट हटाएको जानकारी संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको छ । 

    आज शुक्रवार माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा राष्ट्रिय सभाका सदस्य रहेका गृहमन्त्री बादल र नेता खड्कालाई पार्टीले सांसद पदबाट हटाएको जानकारी गराएको छ ।

    माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका सदस्य दीनानाथ शर्माका अनुसार पार्टीले नेता थापा र खड्कालाई सांसद पदबाट हराएको जानकारी संसद सचिवालयमा गराएको छ ।

    सदन चलेको अवस्थामा पार्टीले सांसदलाई कारवाही गरेको विषयमा जानकारी गराउनुपर्ने र सदन नचलेको अवस्थामा १५ दिनभित्र सूचना टाँस गरेर जानकारी दिनुपर्ने कानूनी व्यवस्था रहेको नेता शर्माले बताए ।

    ‘रामबहादुर थापा र चन्द्रबहादुर खड्का दुबै जना पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य नरहेको निर्णय संसद सचिवालयमा जानकारी गराएका छौं,’ उनले भने, ‘दलको तर्फबाट जानकारी प्राप्त भएपछि हाउस सञ्चालन भएको भए त्यहीँ जानकारी गराउने र हाउस सञ्चालन नभएको अवस्थामा १५ दिनभित्र सूचना टाँसेर उहाँहरूको संसद सदस्य पद नरहेको जानकारी सचिवालयले गराउनुपर्छ ।’ सचिवालयले सूचना प्रकाशित गरेपछि सांसद पद रहने छैन ।

    नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बादललाई फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । सर्वोच्चको फैसलापछि एमाले पार्टीमा लागेका नेतालाई स्पष्टीकरण सोध्दै माओवादीले कारवाही थालेको थियो ।

    माओवादी केन्द्रले दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग्दै पार्टी हितविपरीत काम नगर्न दिएको निर्देशन अस्वीकार गरेको भन्दै कारवाही थालेको छ । यस कारवाहीसँगै बादलको सांसद पदसँगै गृहमन्त्री पद समेत गुम्ने भएको छ । 

    यसअघि माओवादीले दल त्याग गरेर एमालेमा प्रवेश गरेका कैलाली–४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभू साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद खारेज गरिसकेको छ । यी नेताहरूलाई संविधानको धारा ७८ अनुसार प्रधानमन्त्री ओलीले मन्त्री पदमा पुनः नियुक्ति गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend