काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
उनले आज ६ जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । ११ सदस्यीय मन्त्रिपरिषद्मा एक मन्त्री थप गरी १२ जनाको बनाइँदैछ । यसअगाडि नै कांग्रेसका दुई र माओवादीका चारजना मन्त्री नियुक्त भइसकेका छन् ।
कांग्रेसबाट उत्तम जोशी, रामकृष्ण चित्रकार, पुकार महर्जन र मसिना खड्काले मन्त्रीको सपथ ग्रहण गर्ने तयारी भइरहेको छ । एकीकृत समाजवादीबाट राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको छ ।
कांग्रेसले कुनै पनि हालतमा आफूलाई ६ मन्त्री चाहिने अडान राखेपछि ५७ दिनदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।