काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
‘सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय भएको छ,’ बैठकमा सहभागि एक नेताले भने। पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा रास्वपाले समर्थन दिएको थियो। रास्वपा उपप्रधान सहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा गएको थियो।
तर, रवि लामिछानेको सांसद पद गएपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भएका थिए। तर, रास्वपाले समर्थन भने फिर्ता लिएको थिएन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।