काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित गरेका छन्। सभापति देउवाले रिजाललाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
रिजाल १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। देउवाले महाधिवेशनमा पदाधिकारी पराजित भएकाहरुलाई यसअघि नै केन्द्रीय सदस्य मनोनित गरेका थिए। तर, रिजाल र उपसभापतिमा पराजित भएका चन्द्र भण्डारीलाई भने केन्द्रीय सदस्य मनोनित गरेका थिएनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।