आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

डा.मिनेन्द्र रिजालको प्रस्ताव, कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरौं

डा.मिनेन्द्र रिजालको प्रस्ताव, कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरौं

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 6.5K
    SHARES

  • डा.मिनेन्द्र रिजालको प्रस्ताव, कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरौं

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस नेता रिजालले व्यक्ती व्यक्तीले फिर्ता गर्ने भन्दा ससदीय दलका तर्फबाट सवै कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका छन् ।

    नेता रिजालले ट्वीटरमा एकएकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली कांग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं भन्ने प्रस्ताव गरेका हुन् ।

    उनले पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । उनले यो आफ्नो आग्रह र निर्णय यही अनुरुप हुने बताएका छन् ।

    कोरोना महामारीका बेला देशको अर्थतन्त्र चौपट बनेको र उपचार नपाएर जनता भकाभक मर्ने क्रम जारी रहेका बेला सरकारले सांसदहरूलाई दशैंभत्ता दिने निर्णय गरेको थियो । जुन निर्णयको यतिबेला आलोचना भइरहेको छ । नेकपा र कांग्रेसका सांसदहरूले धमाधम भत्ता फिर्ता गर्दै आइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २२ २०८००८:०७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend