काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मिनेन्द्र रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिबाट राजीनामा दिएर नेकपाको सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राष्ट्रपतिले संविधान अनुसार पदीय मर्यादाविपरीत काम गरेको आरोप लगाए । उनले राष्ट्रपतिले पार्टीमा हस्तक्षेप गर्नु अस्वभाविक भएको दाबी गरे । पूर्वमन्त्रीसमेत रहेका रिजालले राष्ट्रपतिलाई नेकपाको अध्यक्ष बनेर राजनीति गर्न सल्लाह दिएका छन् ।
पछिल्लो समयमा राष्ट्रपतिले पार्टीको विवादमा सक्रिय सहभागिता जनाउँदै आएकी छिन् । भण्डारी नेकपा एमालेकी पूर्व उपाध्यक्ष हुन् । श्रीमान मदन भण्डारीको चितवनको दासढुंगामा निधन भएपछि विद्यादेवी राजनीतिमा उदाएकी हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको कृपा पाएर दोस्रोपटक पनि राष्ट्रपति बनेकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।