आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेता मिनेन्द्र रिजालले हारको कुण्ठा कांग्रेस नपोख्न ओलीलाई चेतावनी दिएपछि संसदमा देखियो यस्तो दृश्य

नेता मिनेन्द्र रिजालले हारको कुण्ठा कांग्रेस नपोख्न ओलीलाई चेतावनी दिएपछि संसदमा देखियो यस्तो दृश्य

  • मिडिया डबली
  • शुक्रवार, जेठ १३ २०७९

  • 8.0K
    SHARES

  • नेता मिनेन्द्र रिजालले हारको कुण्ठा कांग्रेस नपोख्न ओलीलाई चेतावनी दिएपछि संसदमा देखियो यस्तो दृश्य

     काठमाडौं - नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई स्थानीय तहको निर्वाचनमा बेहोरेको पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न चेतावनी दिएका छन् ।

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा शुक्रबार सहभागी हुँदै उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न चेतावनी दिएका हुन् ।

    आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको पनि बताए ।

    कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले एक एक फेहरिस्तसहित आगामी निर्वाचनको तयारी गर्न ओलीलाई चुनौती पनि दिए ।

    प्रतिनिधिसभामा बिहीबार ओलीले झन्डै तीन घन्टा सम्बोधन गर्दै कांग्रेसमाथि कुण्ठा पोखेका थिए । उनले कांग्रेसले धाँधली गरेर चुनाव जितेको आरोप लगाएका थिए । यसपटक एमाले दोस्रो दलमा खुम्चिएको रिस ओलीले कांग्रेसमाथि पोखेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २२ २०८००८:०७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend