काठमाडौं - नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई स्थानीय तहको निर्वाचनमा बेहोरेको पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न चेतावनी दिएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा शुक्रबार सहभागी हुँदै उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न चेतावनी दिएका हुन् ।
आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको पनि बताए ।
कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले एक एक फेहरिस्तसहित आगामी निर्वाचनको तयारी गर्न ओलीलाई चुनौती पनि दिए ।
प्रतिनिधिसभामा बिहीबार ओलीले झन्डै तीन घन्टा सम्बोधन गर्दै कांग्रेसमाथि कुण्ठा पोखेका थिए । उनले कांग्रेसले धाँधली गरेर चुनाव जितेको आरोप लगाएका थिए । यसपटक एमाले दोस्रो दलमा खुम्चिएको रिस ओलीले कांग्रेसमाथि पोखेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।