आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

मिनेन्द्र रिजालले किन चाहन्छन् विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनून् ?

मिनेन्द्र रिजालले किन चाहन्छन् विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनून् ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 12.0K
    SHARES

  • मिनेन्द्र रिजालले किन चाहन्छन् विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनून् ?

     काठमाडौं -  नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आ–आफ्नो उम्मेदवारी प्रस्तुत गर्न सुरु भएको छ । आगामी फागुनमा हुने भनिएको महाधिवेशन कोरोनाका कारण पछि सर्ने सम्भावना छँदैछ ।

    तर, नेताहरुले भने समीकरण तीव्र बनाएका छन् । नेतृ सुजाता कोइरालाले तिहारपछि सभापतिमा उम्मेदवारी दिने बताइसकेकी छन् । कोइराला परिवारबाट महामन्त्री डा.शशांक कोइराला र डा.शेखर कोइराला पनि सभापतिका दाबेदार हुन् ।

    वर्तमान सभापति शेरबहादुर देउवा उठ्ने नउठ्ने अहिलेसम्म निश्चित छैन । रामचन्द्र पौडेलले पनि सभापतिमा उठ्ने इच्छा देखाएका छन् । उता, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि पनि सभापतिमा उठ्न चाहन्छन् । त्यसैले यसपटक सभापतिका उम्मेवार अहिले धेरै देखिएका छन् ।

    यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले भने पार्टी उपसभापति निधि सभापतिको उम्मेदवार बन्दा कांग्रेस दुई ध्रुवमा विभाजन हुनबाट रोकिने भन्दै उनको समर्थन गरेका छन् ।

    निधिले सभापतिमा उम्मेदवारी दिए त्यो सकारात्मक हुने उनको भनाइ छ । नेता रिजालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले लेखेका छन्, ‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने–नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने–नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ७ २०७८०४:०२:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend