आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपालाई सरकारमा ल्याउने तयारी, प्रधानमन्त्रीले डाके गठबन्धनको बैठक

रास्वपालाई सरकारमा ल्याउने तयारी, प्रधानमन्त्रीले डाके गठबन्धनको बैठक

  • मिडिया डबली
  • बुधवार, बैशाख २० २०८०

  • 2.1K
    SHARES

  • रास्वपालाई सरकारमा ल्याउने तयारी, प्रधानमन्त्रीले डाके गठबन्धनको बैठक

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउने विषयमा सत्तारुढ गठबन्धनमा छलफल हुने भएको छ। बुधबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई सकारमा ल्याउने प्रधानमन्त्रीले तयारी गरिरहेका छन्। रास्वपाले गृह मन्त्रालयसहित विगतमा आफूले पाएकै मन्त्रालय पाए सरकारमा सहभागी हुन सकिने बताएको छ।

    उता रास्वपामा पनि सरकारमा गएर जनतालाई डेलिभरी दिनुपर्ने माग उठेको छ। रास्वपातले शुक्रबार सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिनका लागि बैठक बोलाएको छ।

    सोमबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछाने र डा स्वर्णिम वाग्लेलाई सरकारमा पठाउने विषयमा रास्वपामा कुरा उठेको थियो। रास्वपाका प्रवक्ता डा मुकुल ढकालले अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा वाग्ले सांसद चुनिएर आएको भन्दै उनलाई अर्थमन्त्री बनाउने विषयमा आफूहरू सकारात्मक हुने प्रतिक्रिया दिएका हुन्।

    सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने बताएका रास्वपा साभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा आउन आग्रह गरेका थिए। यदि सरकारमा सहभागी भएको खण्डमा डा वाग्लेलाई अर्थमन्त्री बनाउने प्रवक्ता ढकालको भनाइ छ।

    ‘सरकारमा जाने वा नजाने विषयमा निर्णय भएपछि मन्त्रालयमा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुन्छ,’ पत्रकारहरूको जिज्ञासामा ढकालले भने, ‘सरकारमा जाने वा नजाने विषयमा रास्वपाले छलफल अघि बढाएको छ। शुक्रबारसम्ममा हामी निर्णयमा पुग्छौँ।’

    प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा आफूहरू खुसी हुने प्रवक्ता ढकालको भनाइ थियो। गत वैशाख १० गतेको उपनिर्वाचनपछि रास्वपाका २१ जना सांसदहरू छन्।

    मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनबाट चौथो ठूलो दल बनेको रास्वपा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री सहित सहभागी भएको थियो। सरकारमा सहभागी भएको एक महिनामै रास्वपा सभापति रवि लामिछानेले नेपाली नागरिकता पुनस् प्राप्ति नगरेको मुद्दामा सांसद पद गुमाए।

    सांसद पद खारेज भएसँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिए। केही दिनमै नेपाली नागरिकता पुनः प्राप्त गरेका लामिछानेलाई फेरि गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार नभएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०८:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend