आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामहरीले थर्काए संसद्, एमाले र सभामुखलाई आपत

रामहरीले थर्काए संसद्, एमाले र सभामुखलाई आपत

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १५ २०८०

  • 4.1K
    SHARES

  • रामहरीले थर्काए संसद्, एमाले र सभामुखलाई आपत

    काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरे ।

    उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारण माग गरे । 

    ‘लक्ष्मी महत्तो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु । अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ ।

    तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन,’ सांसद खतिवडाले भने, ‘सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभईकन सम्पूर्ण सदनको पक्षमा हुन्छ भनेर हामीले विश्वास गरेका थियौँ ।

    तर, एमालेका सांसद कोइरी अहिलेसम्म निलम्बित हुनुभएको छैन । संविधान र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार उहाँ निलम्बित हुनुपर्ने हो कि होइन रु सदनलाई जानकारी गराइयोस् ।’

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend