आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

७० करोड काण्डले मन्त्री गुमाएका गोकुल बास्कोटालाई एमालेले सार्वजनिक लेखा समितिको सभापति बनाउने

७० करोड काण्डले मन्त्री गुमाएका गोकुल बास्कोटालाई एमालेले सार्वजनिक लेखा समितिको सभापति बनाउने

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १५ २०८०

  • 1.9K
    SHARES

  • ७० करोड काण्डले मन्त्री गुमाएका गोकुल बास्कोटालाई एमालेले सार्वजनिक लेखा समितिको सभापति बनाउने

    काठमाडौं - संघीय संसदको १६ वटा संसदीय समितिमध्ये सार्वजनिक लेखा समिति निकै महत्वपूर्ण मानिन्छ ।

    संसदीय शासन व्यवस्थामा लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउने व्यवस्था छ । किनभने सरकारलाई चेक एन्ड ब्यालेन्स गर्न पनि लेखा समितिको सभापति विपक्षी दललाई दिने व्यवस्था गरिएको हो ।

    सरकारको अपारदर्शी खर्चलाई लेखा समितिले अंंकुश लगाउने गर्छ । त्यसैले सार्वजनिक लेखा समितिको सभापति को बन्ला भन्ने धेरैको चासो हुन्छ ।

    अहिलेसम्म नेपालमा सार्वजनिक लेखा समितिको सभापति निष्कलंक र विवादरहित नेतालाई बनाइँदै आएको थियो । तर यसपटक एमालेले सार्वजनिक लेखा समितिको सभापति विवादास्पद चरित्रका नेतालाई बनाउने भएको छ ।

    जो आफैं ७० करोड घुसकाण्डले सञ्चारमन्त्री गुमाएका नेता हुन् । एमालेले काभ्रेका सांसद गोकुल बास्कोटालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।

    एमालेले संघीय संसदअन्तर्गतका समितिमा पार्टीका तर्फबाट पठाउने सदस्यको नाम टुंगो लगाउँदा बास्कोटाको नाम सार्वजनिक लेखा समितिमा परेको छ ।

    सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिकपछि उनीमाथि छानबिन गर्नुपर्ने माग सार्वजनिक रूपमा उठे पनि बास्कोटाले उन्मुक्ति पाउँदै आएका छन् ।

    एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाका १० वटा विषयगत समिति र राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने गरी संघीय संसद् सचिवालयलाई नाम बुझाइएको जानकारी दिए ।

    एमालेले संघीय संसद् सचिवालयमा बुझाएको सूचीमा केपी ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, विष्णु पौडेललाई अर्थ, सुवास नेम्वाङलाई कानुन, न्याय तथा मानव अधिकार, योगेश भट्टराईलाई सार्वजनिक लेखा समिति सदस्यमा सिफारिस गरिएको छ ।

    विवादास्पद पृष्ठभूमिका सांसदलाई पनि एमालेले संसदीय समितिमा सदस्य बनाउन प्रस्ताव गरेको छ । फरार सांसदको सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभामुखलाई नाम बुझाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend