बारा– बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ ।
जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।