आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बारा-२  पनि उपेन्द्रका लागि रेड जोन 

बारा-२  पनि उपेन्द्रका लागि रेड जोन 

  • मिडिया डबली
  • सोमवार, बैशाख ४ २०८०

  • 1.9K
    SHARES

  • बारा-२  पनि उपेन्द्रका लागि रेड जोन 

    काठमाडौं- सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव बारा-२ मा रेड जोडमा रहेका छन्। यसअघि नेकपा एमालेको समर्थन पाउँदा पनि गृहजिल्ला सप्तरीको क्षेत्र नम्बर २ बाट पराजित भएका यादव बारा-२ मा सरक्षित देखेर वैशाख १० मा हुने उपचुनावमा होमिएका हुन्। 

    बारा-२ का गाउँ-टोलमा चुनावी सभा गरिरहेका उपेन्द्र यादव घर घर धाइरहेका छन्। यसअघि मधेसमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव अहिले बारा-२ बाट निर्वाचित हुने दाउमा रहेका छन्। 

    बारा-२ को चुनावी माहोल हेर्दा पनि उनी रेड जोनमै देखिन्छन्। जसपा अध्यक्ष यादवलाई जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहाले उम्मेदवारी दिएका छन्। उनी यसअघि जसपाका उम्मेदवार रामसहाय यादवसँग ३०० मतले पराजित भएका थिए। 

    रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो। उपेन्द्रलाई जिल्ला बाहिरको उम्मेदवार भएको, चुनाव हार्दा पनि पाँच वर्ष कुर्न नसकेको र शक्ति र सत्तामा पुग्‍दा मधेसका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेकोजस्ता आरोपहरु लाग्‍ने गरेका छन्। 

    बारा-२ मा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। यसैगरी, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट मुक्ति यादव, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनेलाल यादव तेलीले उम्मेदवारी दर्ता गराएका छन्।  यस्तै, विनोदकुमार कर्ण, ध्रुवलाल हजरा लगायत १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

    जसपा अध्यक्ष यादवलाई पराजित गर्न जनमतका अध्यक्ष सिके राउत बारामा खटिरहेका छन्। बारा-२ मा पहाडीया मतहरु खरेललाई गए पनि यसअघि जनमत पार्टीका उम्मेदवार कुशुवाहले प्राप्त गरेको मतमा नयाँ विकल्प खोज्‍ने मतहरु पनि जोडिँदा उनका लागि जित सहज हुने आँकलन गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend