आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले योगेश र सुदेशबीच सञ्जालमा रडाको

माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले योगेश र सुदेशबीच सञ्जालमा रडाको

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 3.7K
    SHARES

  • माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले योगेश र सुदेशबीच सञ्जालमा रडाको

    काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले अहिले पनि संसद् विघटन होस् भन्ने चाहेको भनी दिएको अभिव्यक्तिलाई लिएर अहिले दुई पार्टीका नेताबीच बाझाबाझ भएको छ ।

    नपालले पत्रकारमाझ एमाले नेतृत्व मौका मिले फेरि पनि संसद विघटन गरेर मध्यावधिमा जाने दाउमा रहेको बताएका थिए । यनका सो अभिव्यक्तिलाई एमाले नेता योगेश भट्टराईले ‘बेहोसीको बोली’ भन्दै कडा आपत्ति जनाएपछि उनीमाथि एकीकृत समाजवादीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

    संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै योगेशले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अध्यक्ष नेपालको अभिव्यक्तिको खण्डन गर्दै के खाएर बोलेको भनी प्रश्न गरेका थिए । नेपालको बोली शंकास्पद रहेको भन्दै उनले सोधे, ‘मैले बुझेको माधव नेपाल कुनै नचाहिंदो चिज सेवन गर्नुहुन्न । मद्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै बुझ्छु माधव नेपाललाई ।

    तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । होशमा हुनुहुन्छ कि हुनुहुन्न ।’ माधव नेपाललाई योगेशले सोधेको प्रश्नको जवाफमा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले फेसबुकबाट उल्टै प्रतिप्रश्न गरे ।

    ‘योगेश भट्टराईज्यू केपी ओलीले पटक पटक संसद विघटन गर्दा के होस गुमाएर नै माधव नेपालको पछि-पछि सडकमा आउनु भएको थियो र ? के तपाईं त्यो समय सडक आन्दोलनमा आउँदा बेहोसीमा हुनुहुन्थ्यो र ? मध्यावधि चुनावको वकालत गर्ने तपाई वरिपरि रहेका होस गुमिसकेका मान्छेबाट नै सडक सडक यत्रतत्रसर्वत्र चलाईरहेको छन् नि, नेपालको राजनीतिक अस्थिरताका गुरु तपाईको टाउकमा छन् नि,छाम्नु भएको छ कि छैन ? होस माधव नेपालको होइन तपाईंको गुमेको हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend