आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दुई करोड डिलले रास्वपामा सुरु भो लफडा, सांसदको विषयले आले र कंसाकारबीच मारामार

दुई करोड डिलले रास्वपामा सुरु भो लफडा, सांसदको विषयले आले र कंसाकारबीच मारामार

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 3.7K
    SHARES

  • दुई करोड डिलले रास्वपामा सुरु भो लफडा, सांसदको विषयले आले र कंसाकारबीच मारामार

    काठमाडौं- सांसद पदमा कतिसम्म आकर्षण हुँदो रहेछ भन्ने विषय अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा भएको मारामारले पुष्टि गरेको छ । मन्त्री बन्न भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि रास्वपाले बुधबार उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ । उनलाई सांसद पदबाट हटाएर विन्दवासिनी कंसाकारलाई नियुक्तिका लागि मनोनयन गरेको छ ।

    तर श्रेष्ठले आफूलाई फसाउन नक्कली अडियो सार्वजनिक भएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफू मंगलबार नै अदालतमा गइसकेको र क्लिन चिट लिएर आउने बताएका छन् । तर, पार्टीले साधारण सदस्यबाटै हटाएर सांसद पदबाट निलम्बन गरेको सूचना संसद् सचिवालयमा गराएमा उनको सांसद पद खारेज हुने र मनोनयन गरिएकी कंसाकार हुने रास्वपाका नेताहरू बताउँछन् । अब श्रेष्ठको सांसद पद सभामुख देवराज घिमिरेको हातमा पुगेको छ । उनले पूर्वसभामुख अग्निप्रसाद सापकोटाले जस्तै माधवकुमार नेपाललगायतको १४ सांसदको पद जोगाए जस्तै जोगाउन पनि सक्छन् । सरिता गिरीको जस्तै उनको सांसद पद खारेज गरेर नयाँलाई सांसद बनाउन पनि सक्छन् ।

    सांसदमा सिफारिस भएकी कंसाकार कुमारी बैंकमा कार्यरत छिन् । उनी एसिड पीडित हुन् । अहिले सबैतिरबाट कंसाकारलाई बधाईको ओइरो लागेको छ । जबकि समानुपातिक बन्दसूचीमा ढाकाकुमार श्रेष्ठ पनि मेघ आलेको नाम रहेको छ । श्रेष्ठ सांसद पदबाट निलम्बनमा परेसँगै आलेले आफूलाई सांसद पदमा मनोनयन गरिने आशा राखेका थिए । तर बुधबारको रास्वपा केन्द्रीय समिति बैठकले कंसाकारको नाम सिफारिस गरेपछि आले आक्रोशित भएका छन् । उनले आफूलाई सांसद पदमा मनोनयन गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी हाल्ने तयारी गरेका छन् । आले पर्यटन व्यवसायी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०८:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend