काठमाडौं– चार बुँदे सहमतिपछि नेविसंघले रिले अनशन स्थगित गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि नेविसंघको एक समूह रिले अनशनमा बसेको थियो।
आज सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा चार बुँदे सहमति भएको हो।
नेविसंघ वृहत संघर्ष समितिका उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले सहमतिमा हस्ताक्षर गरेका छन्।
दुजाङको अध्यक्षतामा रहेको नेविसंघलाई १० दिनभित्र पूर्णता दिनेलगायत सहमति भएको छ भने १२ औं महाधिवेशन ८ महिनाभित्र गर्ने सहमति छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।