काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
संघले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौंको कीर्तिपुर र वीरगन्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने भएको छ ।
नेविसंघले त्रिभुवन विश्वविद्यालयका विकृति, विसंगति र राजनीतीक भागबन्डा अन्त्यको पनि माग गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।