आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेबिसंघको मौन प्रदर्शनमा नेताको दुव्र्यवहार

नेबिसंघको मौन प्रदर्शनमा नेताको दुव्र्यवहार

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 12.3K
    SHARES

  • नेबिसंघको मौन प्रदर्शनमा नेताको दुव्र्यवहार

    काठमाडौैं– नेविसंघको मौन प्रर्दशनमा कांग्रेस नेताहरुले दुव्र्यवहार गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता र विद्यार्थी नेताबीच हातहालाहलको स्थिती सिजर्ना भएको हो।

    नेविसंघका कार्यकर्ता सानोपामा कालो पट्टी बाँधेर मौन प्रदर्शन गर्दै गर्दा कांग्रेस सभापति देउवा निकट केन्द्रीय सदस्य वीर बहादुर बलायरले बिधार्थी नेताहरु माथि दुव्र्यवहार गर्न खोजेका हुन्।

    बलायरले दुव्र्यवहार गर्न खोजेपछि विद्यार्थी नेताहरु प्रतिवादमा उत्रिएका छन । विद्यार्थी नेताहहरु नेविसंघको केन्द्रीय समितिलाई पुर्णता दिन र महाधिवेशन गराउने माग गर्दै सानेपा पुगेका थिए।

    नेविसंघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा केन्द्रीय सदस्य सुशील तिमल्सेना, पुनम लामा, पुजन गन्धर्ब, एलिजा ढकाल, त्रिवि अध्यक्ष श्यामचन्द्र अधिकारी, नेताहरु शतिष श्रेष्ठ, सन्दिप निरौला, धर्मराज शाहि, भुवन भट्ट, सञ्जय चौधरी,सन्तोश श्रेष्ठ, सरिता रानामगर, कविराज शाही लगायत ४० जनाको समूह धर्नामा बसेको थियो।

    संघको समिति ६ महिना भित्र महाधिवेशन गर्न गठन गरिएको थियो तर म्याद सकिन २६ दिन मात्र बाँकि छ । बलाएरसँगको हात हालाहालको स्थितिबाट आक्रोशित विद्यार्थीहरु थप कडा रुपमा प्रस्तुत भएका छन्।

    106805835_646177935970158_194844957104494711_n.jpg

    106805835_646177935970158_194844957104494711_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend