काठमाडौं- नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले आज आर आर क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।
त्रिभुवन विश्वविद्यालयले लिन बाँकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बीनासर्त रिहाइको लागि दबाब दिन ताला लगाएको हो ।
संघका अध्यक्ष पुष्कर बास्तोला सचीव अनुराग शाह उपाध्यक्ष सफल न्यौपाने र नेविसंघ आर आरका नेता धर्मेन्द्र शाहिले क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका हुन् ।
संघका अध्यक्ष पुष्कर बास्तोलाले उपकुलपति र प्रहरीको मिलेमतोमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल रिहाइ नगरे देशभरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।