काठमाडौं- नेपाल विद्यार्थी संघ ९नेविसंघ० त्रिवि समितिले त्रिभुवन विश्वविद्यालय विभागिय डिन कार्यालयमा ताला लगाएका छन् । नेविसंघका मागप्रपति विश्वविद्यालयले चासो नराखेपछि समितिले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको हो ।
त्रिविलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको भर्ति केन्द्रका रुपमा बनाएपछि नेविसंघले त्यसविरुद्ध २० सुत्रिय माग राखेको थियो । त्रिवि पदाधिकारीले वेवास्ता गरेपछि आफुहरुले तालाबन्दी गर्नु परेको उनीहरुले बताएका छन् ।
यसअघि नेविसंघ त्रिवि समितिले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।