आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामपुर क्याम्पसमा फेरि कुटिए नेविसंघका विद्यार्थी, कारबाही गर्न कांग्रेसको माग

रामपुर क्याम्पसमा फेरि कुटिए नेविसंघका विद्यार्थी, कारबाही गर्न कांग्रेसको माग

  • मिडिया डबली
  • मंगलवार, चैत्र २१ २०७९

  • 2.3K
    SHARES

  • रामपुर क्याम्पसमा फेरि कुटिए नेविसंघका विद्यार्थी, कारबाही गर्न कांग्रेसको माग

    काठमाडौं - नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकको निर्देशनमा नेपाल विद्यार्थी संघका नेतामाथि सांघातिक हमला भएकोमा कडा विरोध जनाएको छ ।

    नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संस्थासँग कुनै समन्वय नै नगरी अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी चैत्त १७ गतेन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेपछि त्यसको विरोध गर्दै पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेविसंघ रामपुर क्याम्पसका कावा सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरेको भन्दै कांग्रेसले निन्दा गरेको हो । गम्भीर घाइते अर्यालको चितवन मेडिकल कलेजमा भइरहेको छ ।

    ‘चैत्र १७ गते नै उक्त अवैधानिक निर्वाचनको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहनु भएका आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको थियो ।

    चैत्र १७ गते घाइते हुनु भएका देवकोटा, यादव र हिजो घाइते हुनु भएका अर्यालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    कांग्रेसले उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग पनि गरेको छ ।

    rampur.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend