काठमाडौं- नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा यादवलाई सघाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए । बारा २ मा समानुपातिकमा जसपापछि कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेसले गत निर्वाचनमा उम्मेदवार नउठाउँदा पनि ११ हजार समानुपातिक मत पाएको थियो ।
कांग्रेसले उम्मेदवार नउठाउने भएपछि अब बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन् । कांग्रेसले उम्मेदवार नउठाएकाले मत बाँडिने सम्भावना पनि धेरै छ । जसको फाइदा सिके राउतको पार्टीले पाउन सक्नेछ ।
बारा–२ मा एमालेले भने उम्मेदवार टुंग्याइसकेको छैन । जसपा अध्यक्ष यादवले एमालेसँग पनि आफूलाई सघाउन लबिङ गरिरहेका छन् । एमालेमा राजेन्द्र महतोलाई सूयी चुनाव चिन्ह दिएर उपेन्द्रसँग भिडाउनुपर्ने विषयमा समेत छलफल भइरहेको नेताहरु बताउँछन् । ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।