आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसले गर्यो जोशी र कोइरालाको कारबाही फुकुवा, श्रेष्ठ र भट्टराई फाइदा 

कांग्रेसले गर्यो जोशी र कोइरालाको कारबाही फुकुवा, श्रेष्ठ र भट्टराई फाइदा 

  • मिडिया डबली
  • आइतवार, चैत्र १९ २०७९

  • 4.3K
    SHARES

  • कांग्रेसले गर्यो जोशी र कोइरालाको कारबाही फुकुवा, श्रेष्ठ र भट्टराई फाइदा 


    काठमाडौं- नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।


    तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन–४ बाट स्वतन्त्र उम्मेदवार बनेपछि विकास कोइराला कारबाहीमा परेका हुन् । जोशीको कारबाही फुकुवा भएपछि तनहुँ-१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई सहयोग पुग्नेछ। यस्तै कोइरालाको कारबाहीले चितवन-२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई फाइदा पुग्ने अनुमान गरिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend