काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनसन जारी राखेको छ। रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन्।
नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो। नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद सकिएकोले खारेज गर्न मागसमेत उनीहरूको छ।
साथै नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ।
साथै उनीहरूले १२ औं महाधिवेशन गर्न माग गरेका छन्। नेविसंघ बृहत संघर्ष समितिबाट उनीहरू रिले अनसनमा छन्।
कांग्रेसले नेविसंघको पूर्ण समिति बनाएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।