आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री कसलाई बनाउने भन्नेमा माधव नेपाललाई प्रचण्ड संकट

मन्त्री कसलाई बनाउने भन्नेमा माधव नेपाललाई प्रचण्ड संकट

  • मिडिया डबली
  • सोमवार, चैत्र १३ २०७९

  • 3.5K
    SHARES

  • मन्त्री कसलाई बनाउने भन्नेमा माधव नेपाललाई प्रचण्ड संकट

    काठमाडौं - अहिले १० दलमा सबैभन्दा ठूलो संकट कसैलाई छ भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई देखिएको छ ।

    आफ्नो बुत्ताले एक दुई सिट जित्ने अवस्थामा रहेका माधवको पार्टीले कांग्रेस, माओवादीकै कारण १० सिट जितेको छ । तर अध्यक्षबाहेक सबैलाई अहिले नै मन्त्री बन्नुपर्ने हुटहुटी छ । माधव नेपाललाई एकपटक आफैं प्रधानमन्त्री बन्ने चाहना छ ।

    त्यसैले कस–कसलाई मन्त्री बनाउने भन्ने प्रचण्ड संकटमा माधव छन् । एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गरेर आएका प्रेमबहादुर आले, किसान श्रेष्ठदेखि धनबहादुर बुढासम्मले अहिले नै मन्त्री बनाउनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

    राजेन्द्र पाण्डे, डा.बेदुराम भुसाल, प्रकाश ज्वाला, भानुभक्त जोशी पनि मन्त्री बन्ने दौडमा छन् । त्यसैले प्रतिनिधिसभाका नौ र राष्ट्रिय सभाका आठ सांसदलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा माधवलाई समस्या देखिएको हो ।

    अहिलेको सरकारमा एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने हो । तर दाबी दुई दर्जन बढी सांसदको छ । त्यही भएर पनि माधवलाई समस्या परेको हो । त्यसमा पनि पार्टीबाट नेतृत्व गरेर सरकारमा कसलाई पठाउने भन्ने अर्को चुनौती छ ।

    डा.बेदुराम भुसाल र राजेन्द्र पाण्डे दुवैले दाबी गरिरहेका छन् । पाण्डेलाई रोक्न पूर्वमुख्यमन्त्रीलाई नबनाउने मापदण्ड बनाइएको छ । त्यसैले अब प्रकाश ज्वाला र भानुभक्त जोशीमध्ये एकजना मन्त्री बन्ने बुझिएको छ ।

    पहिले मन्त्री बनेका शेरबहादुर कुँवरको अहिले कुनै चान्स छैन । भुसाललाई सात महिनापछि रिक्त हुने राष्ट्रिय सभाको अध्यक्ष बनाउने भनेर थामथुम पार्न लागेको बताइन्छ ।

    प्रेम आले र किसान श्रेष्ठलाई भने माधव नेपाल प्रधानमन्त्री भएका बेला मन्त्री बनाउने आश्वासन दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend