आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने, यस्ता छन् अन्य निर्णय 

रास्वपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने, यस्ता छन् अन्य निर्णय 

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९

  • 2.6K
    SHARES

  • रास्वपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने, यस्ता छन् अन्य निर्णय 

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० वैशाखमा उपनिर्वाचन हुन लागेका तीन वटै प्रतिनिधि सभान निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

    चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशााख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले तय गरिसकेको छ। गत मंसिर ४ मा भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछानेको उम्मेदवारी दिने योग्यता नपुगेको भन्दै फैसला गरेको थियो। यद्यपि सर्वोच्चको फैसला आउँदा उनी निर्वाचित भएर गृहमन्त्रीसमेत बनिसकेका थिए।

    ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको छ,’ रास्वपका एक नेताले भने।

    राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव विजयी भएको क्षेत्रमा समेत वैशाख १० मा नै उपनिर्वाचन हुनेछ। 
    यस्तै बैठकले उम्मेदवार चयनका लागि आवेदन माग गर्ने र चुनावी कमाण्डर तोक्ने निर्णय समेत गरेको छ। बैठकले चितवनमा डीपी अर्याल, तनहुँमा कवीन्द्र बुर्लाकोटी र बारामा गणेश कार्कीलाई चुनावी कमाण्डर बनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०८:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend