काठमाडौँ- नेपाल प्रहरीको ३०औं महानिरिक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरिक्षक नबेका हुन्। मन्त्रालयबाट असार ८ गते मेरिटको पहिलो नम्बरमा उनी डीआईजी बढुवा पाएका थिए। एआईजी बढुवा हुँदा पनि शीर्ष स्थानमा थिए।
शुक्रबार नै नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाएका थिए। प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन्।
आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा गएका हुन्। त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा गएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डेले पनि शुक्रबारबाट अवकाश पाएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।