काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा। चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ ।
उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरू गरेका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।
‘आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’, न्यौपानेले भने ।
भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको पनि बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । फिजियोथेरापी पनि क्रमिकरूपमा भइरहेको छ ।
संक्रमण हुन नदिन अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटमा रोक लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।