बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

इटहरी उपमहानगरले दियो कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापन तालिम

इटहरी उपमहानगरले दियो कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापन तालिम

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 1.7K
    SHARES

  • इटहरी उपमहानगरले दियो कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापन तालिम

    इटहरी- इटहरी सरकारले सरकारी, कर्मचारी र जनप्रतिनिधीहरुलाई उत्पन्‍न हुने तनाव व्यवस्थापन गर्ने तालिम राखेको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्‍चालन गरेको हो ।

    तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो मेयर पौडेलले भने ।

    कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापनको तालिम राखेका छौ यो सम्भवत नेपालकै पहिलो हुनु पर्छ मेयर पौडेल भन्छन् । कर्मचारीहरु र जनप्रतिनिधीहरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी जस्ता समस्या देखे पछि तनाव व्यवस्थापनको तालिम राखिएको वताए ।  

    जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाईएको थियो । कार्यालयमा उत्पन्‍न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाईयो । तालिममा उपमेयर संगिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता ,वडाध्यक्ष सहित कर्मचारीहरुलाई तालिम दिईएको थियो ।

    जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान तालिम सिकाईएको थियो । विशेषज्ञ नेपालले भने मानिसको स्वास्थ्य फगत शरिरसँग मात्रै जोडिएको हुँदैन । उनी भन्छन् मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ ।  

    शारीरिकसँगै मानसिकरुपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग गर्न सक्छ । चूनौतीहरुलाई सहजै सामना गर्न सक्छ । सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्न सक्ने जीवन विकासका विशेषज्ञ नेपालको भनाई थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३० २०७९०२:३६:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend